धोनी(Dhoni) साबुनबाट उपभोक्ता ठगिएको भेटिएको छ । प्रभुनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेेखीले ‘पसलबाट आफूले खरीद गरेको १ केजी धोनी साबुनको तौलमा आफूलाई शंका लागेर त्यसको पुन: तौल लिदा १ केजीको धोनी साबुनको प्याकमा २० ग्राम कम रहेको पाएँ र यसबाट प्रति केजी धोनी साबुनमा रु. ४.६० पैसाका दरले मानौं दैनिक १ लाख व्यक्तिले १ केजी प्याक भएको यो साबुन किने भने दैनिक ४ लाख ६० हजार, १ महिनामा १ करोड ३८ लाख रुपैया र १ वर्षमा रु.१६करोड ६७ लाख ९० हजार रुपैया त्यत्तिकै ठगिने रहेछन्’,भन्नुभयो ।
‘यसलाई राज्यका नियामक निकायले यथाशीघ्र छानविन गरि दोषी उपर आवश्यक कारकाही गरोस्’, उहाँको थप भनाइ छ ।
अलगपथले काठमाडौंको एक पसलमा १ केजी प्याकका केही धोनी साबुन तौल गराउदा १ केजी भन्दा कम तौल रहेको पाइयो ।