काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । सो निगमद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा खाना पकाउने एल.पी. ग्यासको प्रति सिलिण्डर रु.२००, पेट्रोल , डिजेल र मट्टितेल , हवाइ ईन्धनको प्रति लीटर र इन्धनको प्रति लीटर रु.१० मुल्य बृद्धि गरेको उल्लेख छ । नेपाल आयल निगम लिमिटेडले १ महिना बीचमा पुन: पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ ।
सो मुल्य बृद्धिको चौतर्फी आलोचना भइरहेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीले जनताको ढाड भाचिने गरी गरिएको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ । उक्त पार्टीका केन्द्रीय कार्यालय सचिव रत्नप्रसाद जोशीले अलगपथसँग संक्षिप्त कुरा गर्दै सो मुल्य फिर्ता गर्न र आकाशिएको मुल्य बृद्धि फिर्ता गरी जनतालाई राहत हुने गरी कार्यक्रम अगाडि बढाउन सरकार समक्ष माग गर्नु भएको छ ।