नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई २०८१ अस‍ोज २३ गते राहत वितरण गरेको छ । सो परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६, ठुलादुर्लुङका सय घर परिवार र गोदावारी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ मार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई उपलब्ध गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघका पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा.घनश्याम ओझासहित जिल्ला प्रशासन कार्यालय, ललितपुरका उच्च कर्मचारीहरु सहभागि हुनुहुन्थ्यो ।

…………………………………………………………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *