पेट्रोलियम पदार्थको पुन: मुल्य बृद्धि प्रति सरोकारवालाको असन्तुष्टि

काठमाडौं/ गए राती १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगम लि.ले पुन: पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले उपभोक्ताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुको साटो नेपाल आयल निगम लि. भित्र देखिएको बेथिति हटाउनु पर्ने खाँचो औंल्याएका छन् । डिजेल र पेट्रोलको मुल्य बढेसँगै ढुवानीका साधन लगायतको भाडा बढ्ने र त्यसले उपभोग्य बस्तुको मुल्य बढ्छ भनेर उपभोक्ताहरुले चिन्ता व्यक्त गरेको देखिएको छ । राज्यले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विकल्प खोज्नु पर्ने उनीहरुको जोड छ । अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले पटक-पटकको मुल्य बृद्धिले विद्यार्थीहरु तथा आर्थिक विपन्न नागरिक मारमा परेको सरकार उनीहरुप्रति उत्तरदायी नभएको भन्दे असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

यता नेपाल आयल निगम लिमिटेडले भने अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएका कारण नेपाल आयल निगम घाटामा गएकोले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नु परेको बताएको छ । प्रति सिलिण्डर खाना पकाउने ग्यासमा साविक मुल्यमा रु.७५, हवाई इन्धनको साविक मुल्यमा रु.५ तथा पेट्रोल, डिजेल र मटृटितेलको साविक मुल्यमा रु.३ बढेको जनाइएको छ ।

Leave a Reply