फेरि बढ्यो हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

गएको मध्यरातबाट लागू हुने गरि नेपाल आयल निगम लि.ले खुद्रा मूल्य हवाई इन्धन आन्तरिकतर्फ प्रति ली.रु.६ तथा हवाई ईन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लीटर अमेरिकी डलर ४३, पेट्रोलमा प्रति ली.रु.२ र डिजेल र मट्टितेलमा प्रति ली.रु४/४ का दरले बढाएको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले नेपाल आयल निगम लि.को शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाउने निर्णय गरेको सो निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *