किठमाडौं/ नेपाल पत्रकार महासंघले विना स्वीकृती सार्वजनिक स्थलमा कसैको तस्विर खिच्ने, भिडियो ग्यालरी बनाउने र त्यसलाई सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गर्नेलाई कारवाही गर्ने भन्ने गृह मन्त्रालयको भनाई अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको भन्दै त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सोही महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।
हिजो गृह मन्त्रालयले कसैको स्वीकृति विधि सार्वजनिक स्थलमा फोटो खिच्ने, भिडियो ग्यालरी बनाउने र त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई कारवाही जनाएको थियो ।
