यातायातका साधनमा फेरि बढ्यो भाडा

काठमाडौं/ सरकारले यातायातका साधनमा आजदेखि फेरि भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार जारी गरेको सूचनामा नेपाल आयाल निगम लि.ले पेट्रोलियम पदार्थको पुन: मुल्य बढाएकोले स्वचालित मुल्य प्रणाली अनुसार आजबाट लागू हुने गरी ३.५ देखि ५.१ प्रतिशतसम्म यातायातका साधनमा भाडा बढाउने उल्लेख छ । यात्रुबाहक सवारीमा ३.५ प्रतिशत ,पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाउने उक्त सूचनामा उल्लेख छ ।

यही बैशाख ३१ गते अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको भन्दै नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलमा पुन: रु.१० मुल्य बृद्धि गरेका कारण स्वचालित मुल्य प्रणाली अनुरुप यातायातका साधनको भाडा बढाउनु परेको यातायात व्यवस्था विभागको भनाई छ ।

यो १ वर्ष भित्र पटक-पटक गरी यातायातका बिधानमा चौथो पटक भाडाक्षबढाइएको छ , जसले जनजीवन प्रभावित बनेको छ । उपभोक्ताहरुले यसप्रति असन्तुष्टि जनाएका छन् ।

Leave a Reply