ललितपुर उद्योग बाणिज्य संघद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ललितपुर / ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लाका १२ वटा सामुदायिक विद्यालयका १८ जना छात्रछात्राहरुलाई आज छात्रबृत्ति प्रदान गरेको छ । सोही संघका अध्यक्ष मनोजबहादुर न्याछ्योले श्री बाघभैरव मा.वि. , महांकाल-४,कालेश्वर, श्री महालक्ष्मी मा.वि., लुभू, श्री शान्ति मा.वि. लोल, श्री सिद्धिमंगल मा.वि., सिद्धिपुर, श्री चण्डीदे‌वी आधारभूत विद्यालय,गोदाबारी , श्री चुनिदेवी शिक्षा मन्दिर आधारभूत विद्यालय , चुनिखेल , मदन स्मारक मा.वि., पुल्चोक , श्री महेन्द्र आदर्श मा.वि., इमाडोल, श्री छम्पी देवी मा.वि., छम्पी, श्री यशोधर बौद्ध मा.वि., थेना , श्री हरिसिद्धि मा.वि., हरिसिद्धि र जलपा मा.वि.,धापाखेलका विद्यार्धीहरुलाई उक्त छात्रबृत्ति प्रदान गर्नुभयो । त्यस अवसरमा अध्यक्ष न्याछ्योले ललितपुर उद्योग वाणिज्य संघले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा शैक्षिक विकासको लागि प्रत्येक वर्ष जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गर्ने गरेको बताउनुभयो । उहाँले छात्रबृत्ति पाउने विद्यार्थीहरुलाई शुभकामना दिनु हुदै आगामी दिनमा यो छात्रबृत्ति पाउने विद्यार्थीहरुले आफ्नो प्रतिभाको प्रष्फुटन गरी सुयोग्य नागरिक बन्नु पर्ने खाँचो औंल्याउनुभयो । त्यसैक्रममा व्यवसायिक उत्तरदायित्व तथा छात्रबृत्ति समितिका संयोजक एवं का.स. सदस्य शर्मिला श्रेष्ठ (जोशी)ले पुरस्कृत विद्यार्थीहरुले यसलाई उत्प्रेरणाको श्रोतको रुपमा ग्रहण गरी भविष्यमा शैक्षिक स्तर अझ उकास्नु पर्ने बताउनुभयो । त्यसै संघका वाणिज्य उपाध्यक्ष उसन बज्राचार्यले धन्यबाद ज्ञापन र महासचिव रुपकमान महर्जनले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा श्री शान्ति मा.वि., लोलका शिक्षक हरिदेव यादबले ललितपुर उद्योग वाणिज्य संघबाट वितरण गरिदै आएको यस छात्रबृत्तिले विद्यार्थीहरुको शैक्षिक स्तर अभिबृद्धि गर्न मद्दत पुग्ने तथा विद्यार्थीहरुको हौसला बढ्ने भन्दै यसका लागि ललितपुर उद्योग वाणिज्य संघलाई धन्यबाद दिनुभयो ।

ललितपुर उद्योग वाणिज्य संघले प्रभातफेरी सम्पदा यात्रा गर्ने

ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा २०७८ पुष २७ गते प्रभातफेरी सम्पदा यात्रा गरिने भएको छ । ललितपुर महानगरपालिकाको सहकार्य र पर्यटनसँग सम्बद्ध संघ/संस्थाहरुको सहकार्यमा ललितपुरको पाटन प्रवेश गर्ने रुटहरु मध्ये महाबौद्ध रुटका सम्पदाहरुको यात्रा गरिने सोही संघका महासचिव रुपकमान महर्जनले अलगपथलाई बताउनुभयो । उक्त पदयात्रा कार्यक्रम विहान ७:०० बजे कनिबहालस्थित गुडविल होटलसँगैको पार्किङ्ग स्थलबाट शुभारम्भ भई विहान ९;०० बजे मंगलबजारमा समापन हुने कार्यक्रम रहेको महासचिव महर्जनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *