लोडसेडिङको मारमा नेपालका उद्योगहरु

काठमाडौं/ विद्युत आपूर्ति कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्न थालेपछि उद्योगहरु मारमा परेको देखिएको छ । इन्धनको मुल्यबृद्धि, कच्चा पदार्थ आयात गर्दा भोग्नु पर्ने समस्या लगायतका विभिन्न अफ्ठ्यारा झेलिरहेको नेपालको औद्योगिक क्षेत्र यतिबेला समयमा विद्युत आपूर्ति हुन नसक्ता थप समस्यामा परेको देखिएको छ , जसले गर्दा नेपाली उद्योगहरुका लागि सामान उत्पादन गरेर समयमा बजारसम्म पु-याउन कठिनाई उत्पन्न भइरहेको बताइएको छ । यता नेपाली उद्योगहरुले विद्युत अभावले गर्दा बजारमा आफ्ना उत्पादन समयमा बजारमा पु-याउन नसक्ता स्वदेशी उत्पादनका सामान अभाव देखिन थालेको र पसलमा भेटिएका सामानको मुल्य बृद्धि भएको उपभोक्ताहरु बताउछन् । उद्योग सञ्चालन गर्न समस्या उत्पन्न हुन थालेपछि कतिपय उद्योगीहरुलाई कसरी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र ब्याज तिर्ने र श्रमिकहरुलाई तलव दिने भन्ने जस्ता चिन्ताले सताउन थालेको जानकारहरु बताउछन् ‌।

नेपाल विद्युत प्राधिकरणले भने भारतले नेपाल र भारत बीचको ट्रान्समीटर लाइन मर्मत गर्न थालेकोले विद्युत प्रवाहमा कमी भएकोले गत हप्तादेखि उद्योगमा तालिका बनाएर लोडसेडिङ गर्नु परेको र यो अवस्था तीन हप्ता जति रहन सक्ने जनाएको छ । उद्योग बाहेकमा नियमित विद्युत प्रवाह गरिरहेको सो प्राधिकरणले वर्षातको समयमा ३०० मेगावाट विजुली भारतलाई बेच्ने गरी कार्य गरिरहेको जनाएको छ ।

यता सरोकारवालाहरुले भने उद्योगहरुमा भएको लोडसेडिङ प्रति असन्तुष्टि व्यक्त गरेका छन् । अर्थशास्त्रका ज्ञाता समेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशी उद्योगमा लोडसेडिङ हुनु दु:खद भएको बताउदै सरकार र नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा आवश्यक विद्युत नियमित रुपमा उपलब्ध गरी उद्योगहरु राम्रोसँग सञ्चालन हुने वातावरण बनाउनु पर्नेमा जोड दिनुहुन्छ । त्यसैगरी लेखक तथा नेकपा (क्रामा) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ उद्योगहरुमा लोडसेडिङ गर्ने होइन , उनीहरुलाई नि:शुल्क विद्युत उत्पादन गरी सस्तो मुल्यमा उपभोक्ताले तिनका सामान किनेर उपयोग गर्न सक्ने वातावरण बनाउनु पर्ने बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *