काठमाडौं/ विदेशी पर्यटक आउने क्रम बढेसँगै नेपालको पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ । सन् २०२२ प्रवेशसँगै नेपालमा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको र पछिल्लो समय दैनिक २ हजारदेखि २५/२६ सयको अनुपातमा विदेशी पर्यटक नेपाल आइरहेका पर्यटन बोर्डले जनाएको छ । स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्न थालेसँगै कोभिड महामारीले थला परेको नेपालको पर्यटन क्षेत्र पुन: पुरानै लयमा फर्किने आशा पलाएको पर्यटन व्यवसायीहरु बताउछन् । सरकारले नेपालको पर्यटन प्रवर्द्धनको लागि प्रसार प्रसार सहितका विशेष कार्य गर्नु पर्ने उनीहरुको भनाई छ । नेपालमा पर्यटन प्रवर्द्धनका लागि सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएको सरकारले सन् २०२० मा पनि नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको थियो तर कोभिड महामारीका कारण त्यसलाई रद्ध गर्नु परेको थियो ।
विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै उनीहरु मार्फत विदेशी मुद्रा पनि नेपालमा भित्रिन थालेकोले विदेशी मुद्रा अभाव हुने सक्ने खतराबाट नेपाल जोगिन सक्ने अलस्था निर्माण हुदै गएको कतिपय जानकारहरुको भनाई छ ।
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
……………………………………………………………………..