काठमाडौं/ ओमिक्रोन भेरियन्टको संक्रमण दर तीव्र गतिमा फैलिएको भन्दै स्थानीय प्रशासनहरुले काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेसँगै सो कार्यप्रति नागरिकहरुले असन्तुष्टि व्यक्त गरेको देखिएको छ । जोर प्रणालीका कारण सडकमा सवारी साधनको संख्या कम हुने भएकोले यात्रुले सवारी साधनमा कोचिएर भएपनग यात्रा गर्न बाध्य हुनु पर्ने अबस्था आयो , जसले गर्दा ओमिक्रोन भेरियन्ट संक्रमणको खतरा बढेकोले जोर बिजोर प्रणाली लागू गर्नुको साटो यात्रुहरुलाई यात्राको क्रममा सुरक्षित रहने उपाय अवलम्बन गर्नु पर्ने उनीहरुको भनाई छ ।
