काठमाडौं/ केन्द्रीय तथ्यांक विभागले अघिल्लो १० वर्षको तुलनामा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बृद्धि भएको जनाएको छ । सो विभागले आज गत मंसिरमा गरेको जनगणनको प्रारम्भिक विवरण आज सार्वजनिक गर्दै नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको र त्यसमध्ये महिलाको संख्या १,४९,०१,१६९ र पुरुषको संख्या २,४२,९१,३११ रहेको उल्लेख गरेको छ । जसमा महिलाको संख्या कूल जनसंख्याको ५१.०४ प्रतिशत र पुरुषको संख्या ४८.९६ प्रतिशत रहेको छ । १० वर्ष अगाडिको तुलनामा यतिबेला महिलाको संख्या ०.४६ प्रतिशत कम भएको छ भने पुरुषको संख्या ०.४६ प्रतिशत बढेको छ । यो १० वर्षमा पुरुषको संख्या १२.२२ प्रतिशत र महिलाको संख्या ९.२० प्रतिशत बढेको छ । जेष्ठ नागरिक, बालबालिका र तेस्रो लिङ्गी लगायतको संख्या भने सार्वजनिक गरिएको छैन । यो प्रारम्भिक विवरण मात्रै भएकोले पछि जनगणनाको बिस्तृत विवरणसँगै सबै विषय सार्वजनिक हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
हरेक १० वर्षमा नेपालमा जनगणना हुने गरेको छ । १० वर्ष अगाडिको नेपालको कूल जनसंख्या २,६४,९४,५०४ थियो भने त्यसमध्ये महिलाको संख्या १,३६,४५,४६३ र पुरुषको संख्या १,२८,४९,०४१ थियो ।