दुई पटकको विश्वकप विजेता उरुग्वेलाई २-० गोल अन्तरले हराउदै पोर्तुगल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको प्री-क्वाटर फाइनल प्रवेश गरेको छ । समुह ‘एच’को लिग चरणको दोश्रो खेलमा दुबै टोलीले उत्कृष्ट खेल खेलेका थिए । खेलको पहिलो हाप बराबरीमा सकिएपनि दोश्रो हापको ५४औं मिनेट र इञ्जुरी समयमा पोर्तुगलका बुर्नो फर्नाण्डेजले २ गोल गरेका थिए । दोश्रो हापको इञ्जुरी समयमा उरुग्वेका खेलाडी जोसे जिमिनेजले बक्स भित्र हातले बल छोएको सुष्म अध्ययनबाट पत्ता लागेपछि पर्तुगलका खेलाडीले पेनाल्टीको अवसर पाएका थिए , जसलाई सदुपयोग गरी पोर्तुगलका बुर्नो फर्नाण्डेजले उक्त खेलमा दोश्रो गोल गरेका थिए । यो जीतसँगै पोर्तुगलको ६ अंक भएको छ । उसले समुह ‘एच’ को लिग चरणको पहिलो खेलमा घानालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । सोही खेलमा पराजित भएको उरुग्वेले दक्षिण कोरियासँग लिग चरणको पहिलो खेल बराबरी खेलेर १ अंक हात पारेको थियो । सोमबार नै भएको अर्को खेलमा घानाले ३-२ गोल अन्तरले दक्षिण कोरियालाई पराजित गरेको थियो । उक्त समुहमा ६ अंक भएको पोर्तुगल पहिलो , ३ अंक भएको घाना दोश्रो , १ अंक जोडेको दक्षिण कोरिया तेश्रो र १ अंक नै जोडेको उरुग्वे गोल अन्तरले चौयो स्थानमा छन् ।
योसँगै लिग चरणको दुई खेल जितेर अन्तिम १६ मा प्रवेश गरेको समुह ‘डी’को फ्रान्स र समुह ‘जी’को ब्राजिलसँगै पोर्तुगल तेश्रो टोली बनेको छ ।