कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा २ जीत र १ बराबरी खेली ७ अंकका साथ इङ्लाण्ड समुह विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश गरेको छ भने एक जीत र दुई बराबरी गरी ५ अंकका साथ संयुक्त राज्य अमेरिका उप-विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश गरेको छ । योसँगै प्री क्वाटर फाइनलमा समुह ‘बी’ को वितेता इंङ्लाण्डले समुह ‘ए’ को उप-विजेता सेनेगल र समुह ‘बी’ को उप-विजेता संयुक्त राज्य अमेरिकाले समुह ‘ए’को विजेता नेदरल्याण्ड्सँग खेल्ने छन् ।
गए राती सम्पन्न लिग चरणको अन्तिम खेलमा समुह ‘बी’ मा रहेको इङ्लाण्डले वेल्सलाई ३-० गोल अन्तरले सहज ढंगबाट पराजित गरेको थियो । वेल्स विरुद्ध इङ्लाण्डका खेलाडी रासफोर्डले ५० र ६८औं मिनेटमा २ गोल र फोडेनले ५२औं मिनेटमा १ गोल गरेका थिए । विजयी बनेको इङ्लाण्डले लिग चरणको खेलमा इरान र वेल्सलाई फराकिलो गोल अन्तरले पराजित गरेको थियो भने संयुक्त राज्य अमेरिकासँग बराबरी खेलेको थियो । यता सो खेलमा इंल्याडसँग पराजित वेल्स लिग चरणमा इरानसँग पनि पराजित भएको थियो भने उसले संयुक्त राज्य अमेरिकासँग बराबरी खेलेर ३ खेलमा १ अंक प्राप्त गरेको थियो ।
यसैगरी गए राती नै सम्पन्न लिग चरणको अन्तिम खेलमा समुहमा ‘बी’ रहेको सयुक्त राज्य अमेरिकाले इरानलाई १-० गोल अन्तरले पराजित ग-यो । खेलको ३८औं मिनेटमा संयुक्त राज्य अमेरिकाका क्रिष्टियन पुलिसिचले इरान बिरुद्ध गोल गरेका थिए । इरानलाई पराजित गरेको संयुक्त राज्य अमेरिकाले इङ्लाण्ड र वेल्सँग बराबरी खेलेको थियो । यता लिग चरणको अन्तिम खेलमा संयुक्त राज्य अमेरिकासँग पराजीत भएको इरान इङ्ल्याण्डसँग पनि फराकिलो गोल अन्तरले पराजित भएको थियो तर उसले लिग चरणको दोश्रो खेलमा वेल्सलाई पराजित गरी ३ अंक जोडेको थियो ।
आज लिग चरणका समुह ‘ सी’ र ‘डी’ का खेल हुने
आज समुह ‘सी’ मा रहेको अर्जेन्टिना र पोल्याण्ड तथा मेक्सिको र साउदी अरबिया बीच राती १२;४५ मा लिग चरणको अन्तिम खेल हुनेछन् । यो खेलमा ४ अंक जोडेको पोल्याण्डलाई नकाउट चरणमा पुग्न बराबरी पनि पर्याप्त हुनेछ भने ३/३ अंक जोडेका अर्जेन्टिना र साउदी अरबियालाई भने जित्नै पर्ने बाध्यता छ । २ खेलमा १ अंक जोडेको मेक्सिकोको भने नकाउट चरण प्रवेश कठिन देखिएको छ। उसलाई नकाउट चरण प्रवेश गर्न पोल्याण्ड अर्जेन्टिनासँग फराजित भ एर मात्रै पुग्दैन उसले साउदी अरेबियालाई फराकिलो गोल अन्तरले जित्नु पर्ने छ ।
यसैगरी नेपाली समय अनुसार आजै साझ ८:४५ बजे समुह ‘डी’ रहेका फ्रान्स र ट्युनिसिया तथा अष्ट्रेलिया र डेनमार्क बीच लिग चरणको अन्तिम खेल हुनेछ । फ्रान्स यस अगाडि नै अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरी नकाउट चरण प्रवेश गरी सकेको छ । यता ३ अंक रहेको अष्ट्रेलियाले जिते पुग्छ भने १/१ अंक रहेका डेनमार्क र ट्युनिसियालाई नकाउट चरणमा पुग्न फराकिलो गोल आन्तरले जित्नु आवश्म्यक छ ।
आज हुने समुह चरणका खेलबाट समुह ‘सी’ र सभशमुह ‘डी’ को विजेता र उप-विजेताको टुङ्गो लाग्ने छ ।