आजबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणको खेल शुरु भएको छ । नेपाली समय अनुसार आज साझ खालिफा रंगशालामा सम्पन्न नकाउट चरणको पहिलो खेलमा नेदरल्याण्ड्स संयुक्त राज्य अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ । सो खेलको १०औं मिनेटमा नेदल्याण्ड्सका डेञ्जल डम्फ्राइसको पासमा डेम्फिस डिपाएले गोल गरी नेदरल्याण्ड्सलाई अग्रता दिलाए । यस्तैगरी खेलको पहिलो हापको अन्तिम मिनेटमा नेदरल्याण्ड्सका बिलिण्डले गोल गरी नेदरल्याण्ड्सलाई २-० गोलको आग्रता दिलाए तर खेलको ७६औ मिनेटमा संयुक्त राज्य अमेरिकाका क्रिष्टियन पुलिसिचको पासमा हाजी पाइटले गोल फर्काए । त्यसको ४, मिनेट पछि नै खेलको ८१औं मिनेटमा
खेलमा नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकाले गोलका केही अवसर सृजना गरेपनि तिनलाई सदुपयोग गर्न बिफल भए ।
अब नेदरल्याण्ड्सले क्वाटर फाइनल चरणको खेल आजै राती १२:४५ बजे अर्जेन्टिना र अष्ट्रेलिया बीच हुने नकाउट चरणको खेलबाट छनौट भएको विजेता टोलीसँग खेल्ने छ ।