क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आज !

युवती बलात्कारको अभियोगमा आफूूलाई द‍ोषी ठहर गरि दण्डित गर्ने काठमाडौं जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्धाको पेशी आजका लागि तोकिएको छ । पटक पटक सर्दै आएको यो मुद्धाको पेशी आज पनि हुने हो कि होइन भन्ने अन्यौल कायमै छ । यो मुद्धाको पेशी पटक पटक सरेपछि आक्र‍ोसित युवाहरुले गत हप्ता काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए । धेरै नागरिकहरुले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई गौसला २६ भनिएकी युवती माथि लगाइएको बलात्कार अभिय‍ोग सुनिय‍ोजित भएको भन्दै स्पीनर सन्दीप लमिछानेले एक दिवसीय विश्वकप क्रिकेट खेल्न पाउनु पर्ने बताइरहेका छन् ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेले बलात्कार गरेको भनिएकी युवतीको नाम अझै गोप्य राखिएको छ ।

Leave a Reply