चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.ले यही मंसिर २४ गते बिस्तारित बैठक आयोजना गर्ने भएको छ । सोही संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले हाम्रो यस संस्थाले गुण्डु र सो आसपासका आफ्ना शेयर सदस्यहरुको भक्तपुरको गुण्डुमा विस्तारित बैठक आयोजना गर्न लागेको अलगफथलाई बताउनुभयो । ‘भक्तपुरको सूर्यविनायक नगरपालिका भरी आफ्नो कार्यक्षेत्र रहेको हाम्रो यस संस्थाको तरलताको अवस्था राम्रो छ र २०७९ कार्तिक मसान्तसम्म हाम्रो यो संस्थामा शेयर सदस्य संख्या ४,४१०, शेयर पूँजी रु.५ करोड ३६ लाख , निक्षेप संकलन रु.५६ करोड , कर्जा लगानी रु.६० करोड र कूल कारोवार रु.७४ करोड ५० लाख रहेको छ’, उहाँको भनाई छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका -१, बिरुवामा आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय र गुण्डुमा रहेको सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको सो संस्थाको शिक्षा तथा तालिम उप-समितिको आयोजनामा गत कार्तिक २६ गते नेपालको अर्थतन्त्रमा सहकारी प्रभाव तथा भूमिका विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता श्री कुलमाया भगवती माध्यमिक विद्यालय बिरुवामा सम्पन्न भयो । उक्त संस्थाको आफ्नो कार्यक्षेत्र भित्रका श्री अरनिको माध्यमिक विद्यालय गाम्चा , श्री सिरुटार माध्यमिक विद्यालय सिरुटार , श्री कुलमाया भगलती माध्यमिक विद्यालय बिरुवा , ज्योति माध्यमिक विद्यालय गुण्डु, , हिमालय एकेडेमी गुण्डु , दधिकोट ईङ्लिस स्कुल दधिकोट , मोर्डन ईङ्लिस स्कुल गाम्चा , रेम्बो ईङ्लिस स्कुल गाम्चा र क्यानफिट इण्टरनेशनल ईङ्लिस स्कुल सिरुटारका १७ जना विद्यार्थीले उक्त बक्तृत्वकला कार्यक्रममा भाग लिएका थिए ।
त्यस बक्तृत्वकला कार्यक्रममा श्री अरनिको माध्यमिक विद्यालय गाम्चाकी छात्रा – प्रथम तथा मोर्डन ईङ्लिस स्कुल गाम्चाका विद्यार्थी द्वितीय र तृतीय भएका थिए । सो प्रतियोगिताका विजेता छात्रा छात्रहरुलाई सोही संस्थाका अध्यक्ष प्रमोद घिमिरेले पदक सहित नगद पुरस्कार र प्रमाण-पत्र तथा प्रथम हुने छात्रा अध्ययनरत श्री अरनिको माध्यमिक विद्यालय गाम्चालाई कप
प्रदान गर्नुभयो । उहाँले उक्त बक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीहरु , सम्बन्धित विद्यालयहरु एवं त्यस बक्तृत्वकला प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै नेपालमा सहकारीको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभयो ।