जापानलाई हराउदै क्रोएसिया कतार फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश

जापानलाई पेनाल्टी सुटाउटबाट पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । केहीबेर अगाडि समूह ‘ई’ विजेता जापान र समूह ‘एफ’को उप-विजेता क्रोएसिया बीचको नकाउट चरणको खेलको ४३औं मिनेटमा जापानका मायदाले गोल गरी जापानलाई अग्रता दिलाए तर खेलको ५५औं मिनेटमा क्रोएसियाका प्यारिसिसले गोल फर्काएर खेल बराबरीमा पु-याए । खेलमा दुबै पक्षले गोलका अवसर सृजना गरेपनि गोल गर्न भने सकेनन् । निकै रोमाञ्चक खेल निर्धारित ९० मिनेटभित्र १/१ गोलको बराबरीमा सकियो र खेल अतिरिक्त ३० मिनेटमा धकैलियो तर । अतिरिक्त ३० मिनेटको समय भित्र पनि दुबै पक्षबाट गोल हुन नसकेफछि खेल ट्राईब्रेकरमा धकेलियो । खेलको पेनाल्टी सुटाउटमा क्रोएसियाका एक खेलाडीको प्रहार जापानी गोल रक्षकले रोकेका थिए भने बाकी ३ खेलाडीको पेनाल्टी प्रहार सफल रह्यो । यसैगरी क्रोएसियाका गोल रक्षकले जापानका ३ खेलाडीको पेनाल्टी प्रहार रोकेर गोल हुन दिएनन् र जापानका एक खेलाडीको पेनाल्टी प्रहार मात्रै सफल भएको थियो ।

अब क्वाटर फाइनलमा क्रोएसियाले भरे राती १२:४५ मिनेटतिर हुने ब्राजिल र दक्षिण कोरिया बीच नकाउट चरणको खेलको विजेतासँग खेल्ने छ ।

Leave a Reply