फ्रान्स कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

डिफेण्डिङ च्याम्पियन फ्रान्स २-० गोल अन्तरले मोरोक्कोलाई पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । भर्खरै कतारको अल बायत रंगशालामा सम्पन्न सो विश्वकपको दोश्रो सेमीफाइनल खेलको ५औं मिनेटमा फ्रान्सका टी. हर्नाण्डेजले गोल गरी फ्रान्सलाई अग्रता दिलाए भने ओस्मान डेम्बेलेको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फ्रान्सका कोलो माउनीले खेलको ७९औं मिनेटमा गोल गरेर खेल दोब्बर बनाए ‌। निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुबै टोलीले गोल गर्ने प्रयास गरेपनि उनीहरु सफल भएनन् । जसका कारण सोही गोल फ्रान्सको जीतको लागि निर्णायक बन्यो ।

आउने आइतबार कतारको लुसेल रंगशालामा हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने छन् । यस्तै यो विश्वकपको तेश्रो स्थानका लागि सेमीफाइनल चरणको खेलमा पराजित भ एका मोरोक्को र क्रोएसिया बीच शनिबार खेल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *