फ्रान्स कतार फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश

फ्रान्स कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटर फाइनल प्रवेश गरेको छ । केहीबेर अगाडि सम्पन्न नकाउट चरणको फ्रान्स र पोल्याण्ड बीच खेलमा फ्रान्स ३-१ गोल अन्तरले विजयी भयो । फ्रान्सका गिराउडले खेलको ४४औ मिनेटमा गोल गरी फ्रान्सलाई अग्रता दिलाए । त्यसैगरी खेलको ७४औं र ९०औं मिनेटमा गरी केलियन एम्बाप्पेले २ गोल गरेर फ्रान्सको जीत सुनिश्चित गरे । खेलको इञ्जुरी समयमा फ्रान्सका खेलाडीले बल छोएफछि पोल्याण्डले पाएको पेनाल्टीलाई सदुपयोग गरी पोल्याण्डका स्टार लेबेण्डस्कीले १ गोल गरे । पोल्याण्डले गोल गर्ने अवसर निर्माण गरेपनि तिनलाई सदुपयोग गर्न सकेनन् , जसका कारण पोल्याण्ड नकाउट चरणबाटै बाहिरिन बाध्य भयो ।

फ्रान्स र पोल्याण्ड बीचको आजको निकै रोमाञ्चक खेलमा २ गोल गरेका फ्रान्सका एम्बाप्पे यो विश्वकप फुटबलको गोल्डेन बुटका बलिया दाबेदार बनेका छन् ।

कतार विश्वकप फुटबलको क्वाटर फाइनल चरणमा भरे राती १२:४५ बजे हुने इङ्ल्याण्ड र सेनेगल बीचको खेलको विजेतासँग खेल्ने छ ।

Leave a Reply