ब्राजिल नकाउट चरणमा प्रवेश , सर्विया र क्यामरुन बराबरीमा रोकिए

५ पटकटको विश्वकप बिजेता ब्राजिल स्विट्जरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकाउट चरणमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा भएको समुह ‘जी’ को लिग चरणको निकै रोमाञ्चक यो खेलको ८३औं मिनेटमा कासिमिरोले गोल गरी ब्राजिललाई जीत दिलाएका थिए । यो खेलमा स्विट्जरल्याण्डका गो रक्षकले उत्कृष्ट खेल खेलेका थिए । यो सँगै ब्राजिलले ६ अंक जोडेको छ । सो समुहको लिग चरणको पहिलो खेलमा ब्राजिलले सर्वियालाई २-० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिल भन्दा अगाडि लिग चरणको दुई खेल जितेर यह अगाडि नै समुह ‘डी’ मा रहेको फ्रान्स यस अगाडि नै प्रवेश गरी सकेको छ ।

सर्विया र क्यामरुनको नकाउट चरणको यात्रा कठिन

कतारको अल जानोव रंगशालामा आजै सम्पन्न भएको समुह ”जी’ मा रहेका सर्विया र क्यामरुनले ३/३ गोलको बराबरी गरी अंक बाडेका छन् । यो बराबरी खेलले यी दुई टोलीको नकाउट चरणको यात्रा कठिन बनेको छ । खेलको २१औं मिनेटमा क्यामरुनका जिन क्याष्टेलेट्टोले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए तर खेलको इञ्जुरी समयको पहिलो मिनेटमा सर्वियाका स्टारिञ्जा पाब्लोभिचले बराबरी गोल गरेका थिए । त्यसको दुई मिनेट पछि नै सर्वियाका मिलान्कोभिच सेभिचले दोश्रो गोल गरेका थिए भने सर्वियाकै अलेक्जाण्डर मित्रोभिचले खेलको ५३औ मिनेटमा तेश्रो गोल गरेका थिए । खेलको ६३औं मिनेटमा क्यामरुनका भिसेण्ट अबुवाकर र ६६औं मिनेटमा चुपो मोटिङले गोल गर क्यारुनलाई बराबरीमा पु-याएका थिए ‌‌ ।

यो समुहको लिग चरणको पहिलो खेलमा ब्राजिलसँग २-० गो आन्तरले पराजित भएको सर्वियि र स्विट्जरल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको क्यामरुनले दुई खेलमि १/१ अंक जोडेका छन् भने दुई खेलमा १ खेल हारेको स्विट्जरल्याण्डको ३ अंक छ ।

Leave a Reply