युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले जित्यो

यस सिजनको युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लव रियल मड्रिडले जितेको छ । गएराती इङ्ल्याण्डको बेम्बली रङ्गशालामा सम्पन्न खेलमा जर्मन क्लव बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गरि रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो । खेलको पहिलो हापमा दुवै टोलीले गोल गर्न सकेनन् तर खेलको दोस्र‍ो हापको ७४औं मिनेटमा रियल मड्रिडका टोनी क्रुसको पासमा डानी कार्भालासले र ८३ मिनेटमा जुड बेलिङ्घमको पासमा भिनिसियस जुनियरले गोल गरी रियल मड्रिडको जीत पक्का गरे । राम्रो खेल खेलेपनि फिनिसिङमा चुक्ता बोरुसिया डर्टमण्ड उप-विजेतामै चित्त बुझाउन विवश भयो ।

यस जीतसँगै रियल मड्रिडले कीर्तिमानी १५औं पटक यो उपाधि जितेेक‍ छ भने ३ पटक उप-विजेता बनेको छ । रियल मड्रिडले यस अघि नै यो सिजनको स्पेनिस लालिगाको उपाधि जितेको थियो ।

रियल मड्रिडपछि यो उपाधि इटालियन क्लव एसी मिलानले ७ पटक , जर्मन क्ल्व वार्यन म्युनिक र इ्ङ्लिस क्लव लिभरपुलले ६/६ र स्पेनिस क्लव बार्सिलोनाले ५ पटक यो उपाधि उचालेका छन् भने गत वर्ष यो उपाधि म्यानचेष्टर सिटीले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *