लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई २-१ गोल अन्तरले पराजित गरी दक्षिण कोरिया नकाउट चरणमा प्रवेश गरेको छ । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको केहीबेर अगाडि सम्पन्न समूह ‘एच’ को लिग चरणको अन्तिम खेलमा पोर्तुगललाई पराजित गरी दक्षिण कोरिया उप-विजेता बनेर नकाउट चरणमा प्रवेश ग-यो । यो खेलमा दक्षिण कोरियासँग पराजित भएपनि ६ अंक प्राप्त गरी पोर्तुगल समूह ‘एच’को विजेता बनेर नकाउट चरण प्रवेश गरेको छ । समूह ‘एच’मै रहेका उरुग्वे र घाना बीचको केहीबेर अगाडि नै सम्पन्न खेलमा २-० गोल अन्तरले जिती उरुग्वेले ४ अंक प्राप्त गरेपनि गोल अन्तरले पछि परेपछि उरुग्वे घानासँगै लिग चरणबाटै बाहिरियो ।
नकाउट चरणमा पोर्तुगलले समूह ‘,जी’ उप-विजेता र दक्षिण कोरियाले समूह :जी’को विजेता टोलीसँग खेल्ने छन् ।
केहीबेर अगाडि कतारको एजुकेशन रंगशालामा भएको पोर्तुगल र दक्षिण कोरिया बीचको खेलको पाचौं मिनेटमा पोर्तुगलका रिकार्डो होर्टाले गोल गरी पोर्तुगललाई अग्रता दिलाएका थिए तर खेलको २७औं मिनेटमा दक्षिण कोरियाका किम योङ वनले गोल गरी खेल बराबरीमा फर्काएका थिए । खेलको इञ्जुरी हमयमा दक्षिण कोरियाका हाङ हिचाले गोल गरी दक्षिण कोरियाको जीत सुनिश्चित गरेका थिए ।