सनसनीपूर्ण खेल खेलेर जापान पुग्यो नकाउट चरण, स्पेन समूह उप-विजेता बन्यो

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह ‘ई’ रहेको एसियाली मुलुक जापान सनसनीपूर्ण खेल खेलेर समूह विजेता बनी नकाउट चरण प्रवेश गरेको छ ‌‌। कोष्टारिकासँग पराजित भएपनि उसले लिग चरणका खेलमा विश्वकप विजेता जर्मनी र स्पेनलाई पराजित गरेर सनसनी मच्यायो । समूह ‘ई’मा २ खेलमा जीत र १ खेलमि पराजित भएपनि सो समूहको विजेता बनेको जापानको ३ खेलबाट ६ अंक , एक खेलमा जीत , एक खेलमा पराजित र एक खेल बराबरी खेलेका स्पेन र जर्मनीको ४/४ अंक छ तर गोल अन्तरको आधारमा अगाडि रहेर स्पेन जर्मनीलाई पछि पारी समूह ‘ई’को उप-विजेता बनेर नकाउट चरण प्रवेश ग-यो । त्यसै समूहको एक खेलमा जीत र दुई खेलमा पराजित कोष्टारिकाको ३ अंक छ ।

नकाउट चरणमा जापानले समूह ‘एफ’को उप-विजेता क्रोएसियासँग र स्पेनले सोही समूहको विजेता मोरोक्कोसँग खेल्ने छ ।

गए राती खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न समूह ‘ई’मा रहेका जापान र स्पेन बीचको लिग चरणको अन्तिम खेलको ११औं मिनेटमा स्पेनका अल्भारो मोराटाले हेड मार्फत गोल गरेका थिए तर खेलको ४७ औं मिनेटमा जापानका रित्सु डोआनले गोल गरी खेल बराबरी भएको थियो भने खेलको ५१औं मिनेटमा आओ तानाकाले गोल गरी खेल २-१ पु-याएका थिए । त्यसपछि स्पेन र जापान दुबै गोल गर्न नसकेपछि खेल जापानले जित्यो । स्पेन खेलमा फर्किन खोजेपनि सफल हुन सकेन ।

गए राती नै दोहास्थित अल बायेट रंगशालामा भएको समूह ‘ई’ मा रहेका जर्मनी र कोष्टारिका बीचको खेलमा जर्मनीका सर्ज जिनेब्रीले ११औं , काई हाभेट्जले ७३औं र ८५औं र निकलस फुल्कर्गले ८९औं मिनेटमा गोल गरी जर्मनीलाई जिताए भने सो खेलमा कोष्टारिकाका एलष्टिन टेजेडाले ५८औं र जुवान भारगासले ७०औं मिनेटमा १/१ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *