सेनेगललाई हराएर इङ्ल्याण्ड क्वाटर फाइनल प्रवेश, कप्तान ह्यारी केनले गरे गोल

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको गएराती सम्पन्न प्री क्वाटर फाइनल खेलमा समूह ‘बी’को विजेता इङ्ल्याण्ड समूह ‘ए’ को उप-विजेता सेनेगललाई ३-० गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश ग-यो ‌‌। शनिबार हुने क्वाटर फाइनल खेलमा पूर्व विश्वकप फुटबल विजेता ईङ्ल्याण्डले अर्को विश्वकप फुटबल विजेता फ्रान्ससँग खेल्ने छ । यो विश्वकप फुटबलका दाबेदार मानिएका यी दुई टोली बीचको खेल निके रोमाञ्चक हुने आँकलन गरिएको छ ‌ । फ्रान्स आईतबार साझ भएको प्री क्वाटर फाइनल खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको हो ।

नेपाली समय अनुसार गएको मध्यरातमा भएको इङ्ल्याण्ड र सेनेगल बीचको खेलको ३८औं मिनेटमा जुड बेलिङ्घमको पासमा जोर्डन हेण्डर्सनले गोल गरी इङ्ल्याण्डलाई अग्रता दिलाए । त्यसैगरी खेलको पहिलो हापको इञ्जुरी समयको अन्तिम मिनेटमा फिल फर्डेन र जोर्डन हेण्डर्सन सहयोगमा कप्तान ह्यारी क्यानले गोल गरी इङ्ल्याण्डको अग्रता दोब्बर बनाए । इङ्ल्याण्डका लागि ५२औं अन्तर्राष्ट्रिय गोल गरेका कप्तान ह्यारी केनको जारी विश्वकप फुटबलमा यो पहिलो गोल हो ।

खेलको ५७औं मिनेटमा फिल फोडेनको पासमा बुकायो साकाले गोल गरी इङ्ल्याण्डलाई ३-० गोल अन्तरले अग्रता बनाए । यो खेलमा सेनेगलका खेलाडीको गोल गर्ने प्रयासलाई इङ्ल्याण्डका गोल रक्षकले बिफल पारेका थिए । खेलमा जुड बेलिङ्घमले उत्कृष्ट खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *