झर्रोवादका प्रवर्तक डा.तारानाथ शर्माको निधन

काठमाडौं/ बरिष्ठ साहित्यकार तथा समालोचक डा.तारानाथ शर्माको आज बिहान ८:३० बजे काठमाडौंको सरस्वतीनगरस्थित आफ्नै निवासमा निधन भएको छ । वि.सं. १९९१ सालमा इलामको बरबोटेमा भण्डारी परिवारमा जन्मिएका शर्मा जीवनको उत्तरार्धमा बिर्सिने रोगबाट पीडित हुनुहुन्थ्यो । साहित्य साधना, समालोचना र अध्यापनको क्षेत्रमा उहाँले विशेष योगदान दिनु भएको छ । नेपाली साहित्यको झर्रोबादका प्रवर्तक शर्माका बेलायततिर बरालिदा लगायतका आफूले सृजना गरेका निबन्ध, समालोचना जस्ता रचना र सम्पादन गरेका कृति सहित करिव २ सय जति साहित्यिक रचनाहरु रहेको जानकारहरुको भनाई छ । उहाँका एक श्रीमती र २ छोरा छन् । उहाँको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

उहाँको निधनप्रति साहित्यिक लगायतका क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले शोक प्रकट गरेका छन्

Leave a Reply