पिम्बहाल पोखरीमा बोटिङमा रमाउदै पर्यटकहरु

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं.२० , पिम्बहालमा रहेको पिम्बहाल पोखरीमा बोटिङ गर्न जाने पर्यटकको संख्या बढ्न थालेको देखिएको छ । ठूलो एउटा र साना ३ वटा बोटबाट बोटिङ सेवा प्रवाह भइरहेको उक्त बोट सञ्चालकले जनाएका छन् । १० वर्षदेखि मुनिका बालबालिकालाई रु.३० र १० वर्ष भन्दा माथिका सबैलाई रु.५० शुल्क लिएर सेवा प्रवाह गरिरहेको बताइएको छ । बिहीबार त्यहाँ बोटिङ गर्न आउने मानिसहरुको निकै भिडभाड देखिएको थियो । अरु दिन भन्दा छुट्टीको दिन बढी मानिसहरु बोटिङका लागि त्यहाँ पुग्ने गरेको सञ्चालकको भनाइ छ । त्यहाँ बोटिङ गर्न जानेहरुको पर्यटकहरुले सो पोखरी वरिपरिका होटलहरुमा पनि व्यापार बढेको स्थानीयबासीहरुको भनाई छ ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा सम्पूर्ण उद्योगी , व्यवसायी तथा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

……………………………………………………………………..

ललितपुरको मंगलबजारमा रहेको कृष्ण मन्दिरबाट नजिकै रहेका गा:बहाल र मिखबहालको बीचमा रहेको पिम्बहाल पोखरी धेरै पुरानो र सुन्दर हुँदाहुँदै पनि प्रचार प्रसारको कमीले ओझेलमा परेको देखिएको छ । राज्यले यसको विकास र प्रवर्द्धन गर्न सके एकातिर बोटिङका लागि पोखरा, नारायणगढ जस्ता ठाउँमा पुग्ने मानिसहरुले यहीबाट बोटिङको सेवा लिन सक्ने देखिन्छ भने अर्कातिर कला , संस्कृति र सम्पदा आदिले भरिपूर्ण ललितपुर जिल्ला भित्रका विभिन्न पर्यटकीय गन्तव्य स्थलहरु मध्ये यो पोखरी पर्यटकको थप रोजाई हुने जानकारहरु बताउछन् । ललितपुरको पर्यटन पर्वर्द्धनका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ लगायतका बिभिन्न संघ/संस्थाहरुले बिभिन्न कार्यहरु गरेपनि त्यो पर्याप्त भने देखिदैन ।

……………………………………………………………………..

नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Leave a Reply