शिवरात्रीमा देखियो मन्दिरहरुमा चहलपहल

काठमाडौं/ विशेषगरी हिन्दू धर्मावलम्वीहरुले मनाउने गरेको शिवरात्रीको अवसरमा आज पशुपतिनाथ मन्दिर सहितका विभिन्न शिव मन्दिरहरुमा मानिसहरुको निकै चहलपहल र भिडभाड देखिएको छ । कोरोना महामारीको त्रासका कारण गत वर्ष मानिसहरुले शिवरात्री पर्व सामान्य रुपमा मनाएपनि यस वर्ष भने कोरोना कहरको त्रास कम भएकोले मन्दिरहरुमा दर्शनार्थीहरुको भिडभाड निकै बढेको देखिएको छ ।

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको पशुपति विकासको कोषको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराई यस वर्षको शिवरात्री पर्व भव्य रुपमा मनाउने निर्णय गर्दै यस पर्वलाई व्यवस्थित बनाउन ८ वटा समितिहरु समेत बनाएको बताइएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनका लागि ४ वटै ढोका खोली तीनतिरबाट दर्शन गर्न जाने व्यवस्था गरिएकोले दर्शनार्थीहरुले सहज महशुस गरेको देखिएको छ । यस वर्ष भारतीय नाङ्गा बाबाहरुको उपस्थिति पनि राम्रै रहेको पशुपति विकास कोषको भनाई छ ।

शिवरात्रीसँगै काठमाडौं उपत्यकामा जाडो घट्ने विश्वास

काठमाडौं उपत्यकामा बालाचतुर्दशीबाट जाडो बढ्ने र शिवरात्रीसँगै जाडो घट्यै विश्वास गर्ने गरिन्छ । शिवरात्रीका दिन मानिसहरुले विभिन्न स्थानमा मुडा बालेर आगो ताप्न र केटाकेटीहरुले बाटोमा डोरी टाँगेर बाटो छेकी मानिहहरुसँग पैसा माग्ने चलन पनि छ ।

धार्मिक पर्यटनको विकास गर्न सम्भव छ

सरकारले मठ ,मन्दिर, देवल , पार्टी, पौवा, ढुङ्गेधारा लगायतको विभिन्न धार्मिक , सांस्कृतिक , ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदाहरुको संरक्षण,र सम्बर्द्धन गरी नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास गर्नु पर्ने आवाज उठिरहेको छ । नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास सम्भव भएकोले राज्यले अन्य पर्यटन पूर्वाधारको विकाससँगै धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा विशेष ध्यान दिनु पर्ने जानकारहरुको भनाई छ ।

Leave a Reply