७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसक‍ो अवसरमा आज काठमाडौंमा प्रभातफेरी सम्पन्न

७१औं सगरमाथा दिवसको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । ठमेलस्थित सञ्चयक‍ोष भवनछेउबाट नेपाल पर्वतारोहण संंघको आयोजनामा शुरु भएको प्रभातफेरी कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर विशेष कार्यक्रममा परिणत भएको छ । प्रभातफेरीमा पर्यटनसँग सम्बद्ध संघ/संस्था र व्यक्तिहरुको सहभागिता रहेको थिय‍‍ो । प्रभातफेरीमा विभिन्न संस्कृति झल्किने गरी बाजागाजा सहित झाकीहरु प्रस्तुत गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सन् १९५३ मे २९ तारेकका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मन हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे २९ तारेकका दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । “विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालीको पहिचान र गौरब” यो वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा तय गरिएको छ ।

शेर्पा र हिलारीले सगरमाथाको शिखरमा पाइला राखे यता स्वदेशी तथा विदेशी गरि हजारौ् मानिसले सगरमाथाको सफल आरोहण गरेका छन् भने केही व्यक्तिले सगरमाथा आरोहणको विभिन्न विश्व कीर्तिमान बनाएका छन् । सगरमाथाको आरोहण गर्न गएका केही मानिस सगरमाथामै अस्ताए ।

यो वर्षको वसन्त ऋतुमा २ पटक गरि ३० पटक सगरमाथा आरोहण गरेर सोलुखुम्बुका

कामिरिता शेर्पाले सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्तिको विश्व कीर्तिमान बनाए भने गोरखाकी

पूर्णिमा श्रेष्ठले लगातार ३ पटक सगरमाथा आरोहण गरेर एकै सिजनमा सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने महिलाको विश्व कीर्तिमान बनाइन् । फोटो पत्रकार पूर्णिमाले जम्मा ४ पटक सगरमाथाको सफल आर‍ोहण गरेकी छन् । यसैगरी गोरखाकै

फुञ्जो झङ्मु लामाले यसै सिजनमा १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी ९ घण्टा १८ मिनेटमा सगरमाथाको चुचुरोबाट बेसक्याम्प ओर्लेर सबैभन्दा कम समयमा सगरमाथाको शिखरमा पुग्ने र सगरमाथाको शिखरबाट बेसक्याम्पमा ओर्लिने महिलाको विश्व कीर्तिमान बनाइन् । यो सहित उनले २ पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *