काठमाडौं/ शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यही जेठ १ गते शनिबार र आईतबार हप्ताको २ दिन सार्वजनिक बिदा गर्न शिक्षण संस्थाहरुलाई निर्देशन गरेको छ । मंगलबार शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री स्तरबाट सो निर्णय गरिएको जनाइएको छ । उक्त निर्णयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म साविक अनुसार नै विद्यालय सञ्चालन गर्न , शुक्रबार पनि अरु दिन जसरी नै विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्न र सोही अनुसार वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसलाई कार्यान्वयन गर्न/गराउन निर्देशन गरेको जनाइएको छ । यसो गर्दा वर्षभरी ५० दिनबाट घटाएर ३० दिन मात्रै एकमुष्ठ या पटक-पटक गरी बिदा दिने सक्ने गरी स्थानीय तहले बिदा समायोजन गर्ने सो निर्देशनमा उल्लेख छ ।