आजबाट दुबै खोप लगाएको खोप कार्ड विना त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयमा प्रवेश निशेध

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले कोभिड-२९ को दुबै खोप लगाएको खोप कार्ड वा त्यसको मोबाइलमा फोटो साथमा नभएका कसैलाई पनि सो कार्यालयमा प्रवेश निषेध गरेको उक्त कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । ओमिक्रोन भेरियन्टबाट उक्त कार्यालयका केही कर्मचारी संक्रमित भएको भन्दै सो कार्यालय यही माघ ५ देखि ७ गतेसम्म बन्द भएको जनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि खोप कार्ड या त्यसको मोवाइलमा फोटो साथमा नभएका व्यक्तिलाई सार्वजनिक सेवा लिनबाट बञ्चित गर्ने गरी यस अगाडि नै आदेश जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *