ओमिक्रोन भेरियण्टको संक्रमण तीव्र गतिमा बढेसँगै त्रि.वि.का सबै परीक्षा स्थगित

काठमाडौं/ विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको संक्रमण दर तीव्र गतिमा फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले २०७८ माघ ९ गतेदेखि सञ्चाल गर्न लागेका वार्षिक तथा सेमिष्टर प्रणाली अन्तर्गतका सबै परीक्षा अर्को सुचना जारी नहुदासम्म स्थगित गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालय,केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

ओमिक्रोन भेरियण्ट तीव्र गतिमा फैलिएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुसको अन्तिम साताबाट सबै विद्यालय बन्द गरेको छ भने अधिकांश विद्यालयहरुले अनलाइन प्रणाली मार्फत पठनपाठन सञ्चालन गरिरहेका छन् ‌।

यता विद्यार्थीहरुलाई खोप लगाउनको लागि २०७८ माघ १५ गतेपछि ४ दिन विद्यालय सञ्चालन गर्न लागेको बताइएको छ ।

Leave a Reply