चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थी पुन: आन्दोलनमा

काठमाडौं/ चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरु आफूहरु माथि अन्याय भएको भन्दै पुन: आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक मनिष भट्टराई , महासचिव सौगात पाण्डे र प्रवक्ता धनबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी चिकित्सा क्षेत्रका विद्यार्थीहरुहरुको माग पूरा नभए आजदेखि चिकित्सा शिक्षा संघर्ष अभियान संघर्षरत चिकित्सा क्षेत्रका विद्यार्थीहरुको आन्दोलनमा सहभागी हुने जानकारी दिनु भएको थियो । सो विज्ञप्तिमा समय अवधि नपुगी नियमित परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई आगामी हुने तेस्रो वर्षको पुरक परीक्षामा सहभागी गराई सो पश्चात नियमित सो सरह परीक्षा सञ्चालन गराउन अनुरोध गरिएको छ । यस अघि सो अभियानले यही जेठ १८ गते प्रेस विज्ञप्ति जारी मेडिकल शिक्षाको शुल्क बृद्धिको विरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *