त्रि.वि.,प.नि.का,बल्खुद्वारा ४वर्षे बीबीएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी माथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौं / त्रि.वि.,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ फागुनमा सञ्चालन भएको व्यवस्थापन संकाय अन्तर्गतको ४ वर्षे बीबीएस(BBS) तेस्रो वर्षको परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको छ । सो नतिजा त्रि.वि.को वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिने र 4BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरी जानकारी लिन सकिने जनाइएको छ ।

यता त्रि.वि., परीक्षा नियन्त्रण कार्यालय , बल्खुद्वारा विद्यार्थीहरुबाट लिएको परीक्षाको नतिजा समयमा प्रकाशन नगरेको भन्दै सरोकारवालाहरुद्वारा विरोध भइरहेको छ , जसका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रि.वि., परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुबाट लिएको परीक्षाको नतिजा जति सक्तो चाडो सार्वजनिक गर्न त्रि.वि.का सम्बन्धित पक्षलाई केही दिन पहिले निर्देशन दिनु भएको थियो तर उहाँको यो कदमबाट पनि सुधारको संकेत भने अझै देखिएको छैन ।

उता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी माथि बिहीबार कार्यालय जाँदै गर्दा काँडाघारीमा उहाँ सवार गाडीमा केही अज्ञात व्यक्तिले आक्रमण गरेको भन्दै चिकित्सा शिक्षा आयोगले त्यसको भत्सर्ना गर्दै आक्रमण सम्लग्न व्यक्तिहरुलाई कारबाही गर्न राज्यको सम्बन्धित निकायलाई आग्रह गरेको छ । केही समययता सो आयोगका उपाध्यक्ष गिरी र मेडिकल क्षेत्रसँग सम्बद्ध केही व्यक्तिहरु बीच चिकित्सा शिक्षाको विषयलाई लिएर तिक्तता हुदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *