नेपाल सरकारले शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरु असन्तुष्ट

काठमाडौं/ यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अर्थमन्त्री शर्माले संघीय संसदमा प्रस्तुत गर्नु भएको कूल बजेटको ११ प्रतिशत भन्दा कम बजेट विनियोजन गरिएको छ । पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले त्यो बेलाको व्यवस्थापिका संसदमा प्रस्तुत गर्नु भएको कूल बजेटको १७.१ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो । त्यसबेला अर्थमन्त्री पाण्डेले बजेट निर्माण गर्दा आफू समेत विभिन्न विद्यार्थी संगठनका नेताहरु सहित शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गर्नु भएको त्यतिबेलाका अनेरास्ववियू (एकीकृत)का अध्यक्ष तथा हालको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की बताउनुहुन्छ । त्यो बेला शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेट आवश्यकता भन्दा थियो तर त्यसदेखि यताका अर्थमन्त्रीले प्रस्तुत गरेका बजेटमा शिक्षा क्षेत्रमा साह्रै थोरै बजेट विनियोजन हुदै आएको र उनीहरुको प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्र नपर्दा आर्थिक विपन्न परिवारका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुविधा पाउनबाट बञ्चित हुदै आएको उहाँको भनाई छ ।

यस्तै अखिल नेपाल विद्यार्थी पूनियनका अध्यक्ष मनिष भट्टराई सहितका विभिन्न विद्यार्थी संगठनका नेताहरुले पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा न्युन बजेट विनियोजन हुनु दु:खद भएको बताएका छन् ।

यता सो बजेटको सैदान्तिक पक्षको छलफलमा भाग लिएका सुरेन्द्र पिण्डे , योगेश भट्टराई लगायतका सांसदहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेट न्युन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत रकम आवश्यक रहेको शिक्षा मन्त्रालयका अधिकारीहरु बताउँछन् तर न त चालु आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गरियो न त आगामी आर्थिक वर्ष २०७९/०७८ को बजेटमा नै आवश्यक बजेट विनियोजन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *