मेडिकल कलेजमा होस्टेल सुविधा ऐच्छिक बनाउनु पर्दछ : काठमाडौं विश्वविद्यालय, विद्यार्थीहरुको माग अविलम्व पूरा हुनुपर्छ : मनिष भट्टराई

काठमाडौं/ काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोग समक्ष मेडिकल कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि होस्टेल सुविधा ऐच्छिक बनाउन सिफारिस गरेको छ । मंगलबार उक्त विश्वविद्यालयले सो विषयको जानकारी सहितको पत्र चिकित्सा शिक्षा आयोगलाई पठाएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै त्यस विश्वविद्यालयले केही मेडिकल कलेजहरुले शिक्षण शुल्क तथा अन्य शुल्कमा अन्यथा गर्दा विद्यार्थीहरुले यस विश्वविद्यालयमा उक्त शुल्क सोझै पठाएको भन्दै त्यसलाई सम्बन्धित विद्यार्थीको खाता पठाउने जनाएको छ ।

यसैगरी सो विश्वविद्यालयले नोवेल मेडिकल कलेज, विराटनगरलाई अध्ययन गर्न छुटेका सबै विद्यार्थीलाई अध्यापन गराउन पनि निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा अध्यापन गरिरहेका केही मेडिकल कलेजहरुको बेथिति बिरुद्ध बिगत लामो समयदेखि विद्यार्थीहरु आन्दोलित छन् ।

यता मेडिकल शिक्षामा भएको बेथिति बिरुद्धको संघर्षका अगुवा तथा संयुक्त विद्यार्थी आन्दोलनको एक घटक अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले चिकित्सा शिक्षामा भएको बेथिति बिरुद्ध आन्दोलनरत विद्यार्थीहरुको माग अविलम्ब सम्बन्धित निकायले सम्बोधन गरोस् , अन्यथा विद्यार्थीहरुको आन्दोलन थप कडा हुने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *