मेडिकल शिक्षामा शुल्क विवाद

काठमाडौं/ सरकारले मेडिकल शिक्षाको शुल्क तोकेको छ तर कतिपय मेडिकल कलेजहरुले सरकारले तोकेको शुल्क भन्दा धेरै बढी शुल्क लिएका कारण बेला बेलामा बिबाद चल्दै आएको छ । यतिबेला पनि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बिराटनगरस्थित नोवेल मेडिकल कलेजले विद्यार्थीहरुबाट सरकारले तोके भन्दा बढी शुल्क लिएको भन्दै बिरोध भइरहेको छ । त्यो विरोधमा ८ विद्यार्थी संगठनहरुले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजले विद्यार्थीको मागलाई बेलैमा सम्बोधन नगर्दा यतिबेला ती दुबै मेडिकल कलेज खारेजीको माग गर्दै हिजो ८ विद्यार्थी संगठनले काठमाडौं विश्वविद्यालयमा ज्ञापन बुझाएको अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले बताउनु भएको छ ।

सरोकारवालाहरु भने मेडिकल शिक्षामा देखिएको शुल्क लगायतका समस्या जति सक्तो छिटो वैज्ञानिक ढंगबाट समाधान हुनु पर्नेमा जोड दिइरहेका छन् ।

मेडिकल शिक्षा बारेका कतिपय जानकारहरु भने सरकारले मेडिकल शिक्षाको बारेमा तोकेको शुल्क वैज्ञानिक नभएको बताउछन् । ‘सरकारले तथ्यको आधारमा नभई हचुवाको भरमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्दा त्यो महङ्गो हुन गएकोले हो , मेडिकल कलेजहरुले आफ्नो भवन , ल्याव र पुस्तकालय जस्ता संरचना एक पटक निर्माण गरेपछि त्यसले लामो समयसम्म काम चल्ने भएकोले अहिले राज्यले तय गरेको भन्दा झण्डै आधा कम शुल्कमा मेडिकल शिक्षा पठन पाठन गर्न सकिने”, उनीहरुको भनाई छ ।

Leave a Reply