भक्तपुर/ विद्यालयका शिक्षक र कर्मचारीको ड्रेस परिवर्तन हुने भएको छ । नेपाल सरकार , शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले नेपाल शिक्षक महासंघको अनुरोधलाई समेत मनन् गरी यही जेठ ६ गते विद्यालयका शिक्षक तथा कर्मचारीको ड्रेस परिवर्तन गर्ने निर्णय गरेको उक्त केन्द्रले जनाएको छ ।