विद्यालयको शैक्षिक सत्र शुरुको महिना दिन बित्न लाग्दा पनि पाएनन् विद्यार्थीले पाठ्यपुस्तक

काठमाडौं/ धेरो संस्थागत विद्यालयले बैशाखको मध्यबाटै नयाँ शैक्षिक सत्रको पढाई शुरु गरेपनि नेपाल सरकारले भने जेठ १ गतेबाट नयाँ शेक्षिक सत्र शुरु भएको घोषणा गरेको थियो तर यो शैक्षिक सत्र शुरु भएको महिना दिन बित्न लाग्दा पनि अझै विद्यालयका अधिकांश विद्यार्धीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जसले गर्दा उनीहरुको पठनपाठनमा समस्या भएको छ ।

पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्र लि.ले समयमा पाठ्यपुस्तक छपाई गर्न नसक्ता यो समस्या देखिएको जानकारहरु बताउछन् तर यो पाठ्यपुस्तक छपाई समयमा हुन नसक्नु शिक्षा मन्त्रालयको दोष रहेको जनक शिक्षा सामाग्री केन्द्र लि.का माथिल्लो तहका कर्मचारीको भनाई छ । जनक शिक्षा सामाग्री केन्द्र लि.का कर्मचारीको यो भनाई सँग शिक्षा मन्त्रालयका अधिकारी सहमत देखिदैन । जसले गर्दा विद्यालयका पाठ्यपुस्तक समयमा छपाई नहुनुमा शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्र लि.एक अर्कामा दोष लगाएर आफू पानी माथिको ओभानो बन्न खोजेको देखिएको छ । यता सरोकारवालाहरु भने जतिसक्तो चाडो विद्यालयका पाठ्यपुस्तक विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पु-याउन शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्र लि.ले आवश्यक कार्य गर्नु पर्ने खाँचो औंल्याएका छन् ।

विद्यालयका नेपाली विषयका पुस्तकको व्याकरण जथाभावी तोडमोड

सरल बनाउने नाममा विद्यालयका नेपाली विषयका पाठ्यपुस्तकको व्याकरण तोडमोड गरेको भन्दै कतिपय जानकारहरुले त्यसप्रति असन्तुष्टि व्यक्त गरेको देखिएको छ । भाषालाई सरल बनाउने नाममा सामान्य मापदण्डको पनि पालना नहुनु दु:खद भएको उनीहरुको गुनासो छ ।

Leave a Reply