सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्छ : अनेवियू अध्यक्ष भट्टराई

काठमाडौं/ ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियनका अध्यक्ष मनिष भट्टराईले ‘सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नुपर्छ’, भन्नुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष भट्टराईले राज्यले सार्वजनिक शिक्षण संस्था र सरकारी अस्पतालहरुको गुणस्तर बढाउने नीति तय गरी त्यही अनुसार आवश्यक बजेट विनियोजन गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले शिक्षा क्षेत्रमा कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नु पर्ने खाँचो औंल्याउदै राज्यले सकेसम्म नि:शुल्क र शुल्क तिर्नै बाध्यता आएमा सर्वसुलभ शुल्कमा रोजगारमूलक प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययन गर्ने उपर्युक्त वातावरण बनाउनु पर्ने बताउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भोलि संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । सरोकारवालाहरुले शिक्षा , स्वास्थ्य तथा रोजगार सृजना हुने गरी उत्पादनमूलक क्षेत्र लगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्नु पर्ने खाँचो औंलायाएका छन् । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सृथापना पछि तत्कालीन नेकपा (एमाले)का नेता माधबकुमार नेपाल नेतृत्वको सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवस्थापिका-संसदमा प्रस्तुत परेको आर्थिक वर्ष २०६६/०६७ को बजेटमा शिक्षा क्षेत्रमा कूल बजेटको १७.१ प्रतिशत बजेट छुट्टयाएको बाहेक त्यसपछि यसबेलासम्म बनेका सरकारले प्रस्तुत गरेका बजेटमा शिक्षा क्षेत्रमा न्युन बजेट विनियोजन गरेको शिक्षा क्षेत्रका जानकारहरुको भनाई छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *