अन्तत: अर्जेन्टिना विजेता र पोल्याण्ड उप-विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश , लिग चरणबाटै बाहिरियो मेक्सिको

गए राती सम्पन्न लिग चरणको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित भएको २ पटकको फिफा विश्वकप फुटबल विजेता अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको समुह ‘सी’ को लिग चरणको अन्तिम खेलमा पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरी अन्तत: समुह ‘सी’को विजेता बनेर प्री क्वाटर फाइनल प्रवेश गरेको छ । दुई खेलमा जीत र १ खेलमा पराजित भएको अर्जेन्टिनाले ६ अंक बटुल्यो भने अर्जेन्टिनासँग पराजित भएको पोल्याण्डले १ खेलमा जीत , १ खेलमा पराजित र १ खेलमा बराबरी खेली ४अंक प्राप्त ग-यो । त्यसैगरी गएराती नै सम्पन्न लिग चरणकै अन्तिम खेलमा समूह ‘सी’ मा रहेका मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले पराजित ग-यो तर १ खेलमा जीत , १ खेलमा पराजित र १ खेलमा बराबरी खेलेर ४ अंक जोडेको मेक्सिको समान ४ अंक रहेको पोल्याण्डसँग गोल अन्तरले पछि परी लिग चरणबाटै बाहिरियो । लिगको चरणको पहिलो खेलमा अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरी सनसनी मच्याएको साउदी अरेबिया पोल्याण्ड र मेक्सिकोसँगको खेलमा भने पराजित हुदा ३ अंक प्राप्त गरी सो समुहको पुछारमा रहेर बाहिरियो ।

अर्जेन्टिना र पोल्याण्ड बीच गए राती सम्पन्न खेलको ४६औं मिनेटमा अर्जेन्टिनाका आल्याक्स म्यस अलिष्टारले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाए भने र ६७औं मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले ६७औं मिनेटमा गोल गरेका थिए । पोल्याण्ड विरुद्ध शुरुदेखि नै आक्रमक खेल खेलेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो हापमा प्रहार गरेको पेनाल्टी पोल्याण्डका गोल रक्षकले बचाएका थिए । खूलमा कप्तान मेस्सी सहित अर्जेन्टिनाका खेलाडीले पोल्याण्डको पोष्टमा प्रहार गरेको बल रोकेर गोल हुनबाट जोगाएका थिए । समुह ‘सी’ को लिग चरणको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गो अन्तरले पराजित भएर स्तब्ध बनेको अर्जेन्टिनाले त्यस पछिका दुबै खेलमा उत्कृष्ट खेल खेलेको थियो ।

यता साउदी अरेबिया र मेक्सिको बीचको खेलको ५० मिनेटमा मेक्सिकोका खेलाडी हेनरी मार्टिनले पहिलो गोल गरी मेक्सिकोलाई अग्रता दिलाएका थिए ।

खेलको ५२औं मिनेटमा मेक्सिकोका लुइस चाभेजले ३० यार्ड टाढाबाट साउदी अरेबियाको पोष्टमा प्रहार गरेको फ्री किक गोलमा परिणत भएको थियो । २-० गोल अन्तरले अगाडि रहेको मेक्सिकोले थप गोल गर्ने प्रयास गरिरहदा साउदी अरेबियाका खेलाडी सलिम अल दावासारीले खेलको अन्तिम मिनेटमा मेक्सिको बिरुद्ध गोल गरेका थिए । सन् १९७८ पछि पहिलो पटक मेक्सिको फिफा विश्वकप फुटबलको लिग चरणबाटै बाहिरिएको छ ।

आज समुह ‘ई’ र ‘एफ’ मा रहेका टोली बीच खेल हुने

यसैगरी आज समुह ‘ई’ र ‘एफ’ मा रहेका ४ टोली बीच लिग चरणका अन्तिम खेल हुनेछन् । आजको खेलबाट समुह ‘ई’ र ‘एफ’ बाट नकाउट चरणमा पुग्ने समुह विजेता र समुह उप-विजेताको टुङ्गो लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *