अन्तत: टिकटोक नेपाल दर्ता भयो

अन्तत: सामाजिक सञ्जाल टिकटोक नेपालमा दर्ता भएको छ । नेपालमा लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटोकले दर्ताको लागि तिहार अगाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन प्रक्रिया अगाडि बढाएपनि तिहार सकिए लगत्तै गत मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचिकरण प्रमाण-पत्र पाएको जनाइएको छ । टिकटोकमा जथाभावी अश्लिल सामाग्री पोष्ट गर्न दिएर सामाजिक सद्भाव र वातावरणमा अशर पार्न खोोजेको भन्दै नेपाल सरकारले गत वर्षको कार्तिक २७ गते नेपालमा टिकटोक सञ्चालनमा प्रतिबन्ध लगाएको थियो तर भीपीएनको माध्यमबाट धेरै जनाले नेपालमा टिकटोक चलाएका थिए । नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका पालना गरेर नेपालमा टिकटोक सञ्चालन गर्ने पटक पटक पत्रचार गरी प्रतिबद्धता जनाएरपछि गत भदौ ६ गते नेपाल सरकारले टिकटोकमाथि लगाएको प्रतिबन्ध हटाएको थियो तर यतिबेला पनि टिकटोकमा कतिपय अश्लिल सामाग्री पोष्ट भइरहेको गुनासो सुन्ने गरिएको छ ।

नेेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टिकटोक , भाइबर र वीटक गरि ३ वटा सामाजिक सञ्जाल तथा एप दर्ता भएको जनाइएको छ । ट्विटर सञ्चालन गरिरहेको यलन मस्कको ‘एक्स’ तथा फेसबुक , ह्वाट्स एप र इन्ष्ट्राग्राम सञ्चालन गरिरहेको मार्क जुकरर्बर्गको मेटा’ भने उक्त मन्त्रालयमा सूचिकरण भएका छैन तर तिनीहरुलाई सूचिकरणका लागि पत्राचार गरेको अधिकारीहरुकोभनाई छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *