अन्तर्राष्ट्रिय महिला फुटबल : किर्गिस्तान विरुद्ध नेपाल १-० गोल अन्तरले विजयी

केहीबेर अगाडि काठमाडौंको त्रिपरेश्वरस्थित दशरथ रंगशाला सकिएको फोर नेसन्स कप अन्तर्गत नेपाल र किर्गिस्तान वीचको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले १-० गोल अन्तरले किर्गिस्तानलाई पराजित गरि विजयी भयो । खेलको १०औं मिनेटमा सविता राना मगरको पासमा विमला चौधरीले डी बकस भित्रबाट गोल गरिन् । खेलमा नेपालले ५७ प्रतिशत र किर्गिस्तानले ४३ प्रतिशत बल पोजिसन होल्ड गरेपनि थप गोल हुन सकेन । पटक पटक गोल गर्ने अवसर बनाएपनि नेपाली खृलाडी फिनिसिङमा चुक्ता नेपाल थप गोल गर्न असफल रह्यो । खेलको दोश्रो हापमा स्ट्राइकर सावित्रा पौडेल ‘साम्बा’ले गोल गर्न सकिनन् । खेलमा नेपालले २४ पटक र किर्गिस्तानले १ पटक पोष्टमा प्रहार गरेका थिए । यो प्रतियोगितामा नेपाली मिड फिल्डर प्रीति राई प्लेयर अफ द म्याच भइन् ।

यो प्रतियोगिताको म्यानमार, नेपाल, किर्गिस्तान र लेवनान सहभाी छन् । आज दिउसो दशरथ रंगशालामा सम्पन्न म्यानमार र लेवनान वीचको उद्घाटन खेलमा म्यानमार ३-१ गोल अन्तरले लेवनानलाई पराजित गरि विजयी भएको थियो । यो प्रतियोगितामा म्यानमार र नेपालले ३/३ अंक बटुलेपनि म्यानमार ग‍ोल अन्तरले नेपाल भन्दा अगाडि छ । किर्गिस्तान र लेवनान भने अंक विहिन छन् ।

यो प्रतियोगिता अन्तर्गत म्यानमार र किर्गिस्तान तथा नेपाल र लेवनान बीच २ खेल आउने बिहीबार दशरथरंगशालामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *