अन्तिम खेलमा घानालाई हराएपनि नकाउट चरणमा पुग्न सकेन उरुग्वे

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको समूह ‘एच’को लिग चरणको अन्तिम खेलमा २-० गोल अन्तरले घानालाई पराजित गरेर पनि दक्षिण कोरियासँग गोल अन्तरले पछि परी उरुग्वे नकाउट चरण प्रवेश गर्न सकेन । फिफा विश्वकप विजेता बनी सकेको उरुग्वेले लिग चरणको पहिलो खेलमा दक्षिण कोरियासँग गोल रहित बराबरी खेलेपनि दोश्रो खेलमा भने पोर्तुगलसँग १-० गोल अन्तरले पराजित भएको थियो । लिग चरणका ३ खेलमा ४ अंक जोडेपनि ऊ समान ४ अंक नै भएको दक्षिण कोरियासँग गोल अन्तरले पछि परेपछि स्तब्ध भएको थियो ।

शुक्रबार साझ सम्पन्न उरुग्वे र घाना बीचको अन्तिम खेलको २६औं र ३२औ मिनेटमा जर्जियन डे आराकाएटाले २ गोल गरी उरुग्वेलाई विजयी थिए । उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजको प्रेरणादायी खेलमा उरुग्वेले घाना विरुद्ध राम्रो खेल खेलेको थियो । खेलको २१औं मिनेटमा घानाका खेलाडी आन्द्रे आयुले प्रहार गरेको पेनाल्टी उरुग्लेका गोल रक्षक सर्जियो रोचेटले बचाएका थिए ।

उरुग्वेसँग गोल रहित बराबरी र पोर्तुगललाई २-१ गोल अन्तरले पराजित गरी समूह ‘एच’ को उप-विजेता बनेको दक्षिण कोरिया घानासँग भने ३-२ गोल अन्तरले पराजित भएको थियो । दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरेपनि पोर्तुगलसँग ३-२ र उरुग्वेसँग २-० गोल अन्तरले पराजित भई समग्रमा ३ अंक प्राप्त गरी समूह ‘एच’को पुछारमा रहेर लिग चरणबाटै घाना बाहिरियो । यता समूह ‘एच’को लिग चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-१ गोल अन्तरले पराजित भएपनि पोर्चुगल घानालाई ३-२ र उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरी समग्रमा ६ अंक जोडेर समूह विजेता बनी नकाउट चरण प्रवेश ग-यो ।

दक्षिण अफ्रिकमा सम्पन्न सन् २०१० को १९औं संस्करणको फिफा विश्वकप फुटबलमा उरुग्वे सेमी फाइनलसम्म पुगेको थियो भने त्यस विश्वकपमा उरुग्वेका डिएगो फोर्लान उत्कृष्ट खेलाडी छनौट भएका थिए तर त्यस विश्वकप फुटबल पछिका फिफा विश्वकप फुटबलमा उसको खेल स्तर क्रमश: खस्किदै गएको छ ।

Leave a Reply