पुन: अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्य-समिति सर्वसम्मत चयन गर्दै को-अपरेटिभ म्यानेजर्स क्लव , कास्कीको पाँचौं वार्षिक साधारण सभा शुक्रबार पोखरा पार्टी प्यालेस, बाँस्तोलाथर, पोखरामा सम्पन्न भयो । सो कार्य समितिको उपाध्यक्षमा हरिप्रसाद पन्थी , सचिवमा मोहनप्रसाद अधिकारी ,कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सह-सचिवमा सन्तोष रानाभाट तथा सदस्यमा निरु थापा , प्रेमसागर अधिकारी , नितास गुरुङ, शंकरप्रसाद पौडेल , दीपक थापा र बेगनाथ पौडेल हुनुहुन्छ ।
सोही क्लवका अध्यक्ष अपिल कोइरालाको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा सोही क्लवका संस्थापक अध्यक्ष मिलन ढकाल , पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै मुलुकको आर्थिक तथा सामाजिक क्षेत्र महत्वपूर्ण योगदान पु-याइरहेको सहकारीको विकास र प्रवर्द्धनमा राज्यका नियामक निकाय र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्ने बताउनुभएको थियो ।
साधारण सभाले उक्त क्लवको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित ग-यो ।