अमलाचौर स्कुल अल्मुनाई एशोसियसनको अध्यक्षमा सहकारी विज्ञ समेत रहेका डा.ज्ञानेन्द्रप्रसाद पौडेल निर्विरोध चयन हुनुभएको छ । सो एसोसिएसनको उपाध्यक्षमा हेमराज ढकाल , महासचिवमा कृष्ण पौडेल सचिवमा तीर्थराज शर्मा र कोषाध्यक्षमा मित्रप्रसाद शर्मा सहित सबै सदस्य सर्वसम्मत चयन भएको जनाइएको छ । २०८० माघ ९ गते त्यस एससिएसनका संस्थापक अध्यक्ष तथा गैर आवसीय नेपाली सघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA, ICC) का उपाध्यक्ष प्रोफेसए डा. हेमराज शर्मा (ध्रुब) को अध्यक्षतामा काठमाडौंमा सम्पन्न उक्त एसोसिएसनको तेश्रो महाधिवेशन सहितको वार्षिक साधारण सभाले डा.पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको बताइएको छ ।