आईजीपी बडुवा विरुद्धको रिट माथि आज सुनुवाई हुने

काठमाडौ/ नेपाल सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बरियताक्रममा आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्ति महानिरीक्षक धीरज प्रताप सिंहलाई बढुवा गरेको भन्दै त्यसलाई खारेज गरेर आफूलाई का.मु. प्रहरी महानिरीक्षक बनाउन माग गरी प्रज्ञरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिट माथि आज सुनुवाई हुने भएको छ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक धीरज प्रताप सिंहलाई रिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि अतिरिक्त प्रहरी महानिरीक्षकद्वय विव्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट बन्नु भएको थियो । यसैक्रममा असन्तुष्ट पोखरेलले आफूलाई का.मु. प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्नु भएको थियो । पूर्ववर्ती ओली नेतृत्वको नेपाल सरकारले बरियताक्रम मिचेर तत्कालीन प्रहरी नायव महानिरीक्षक पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरी शैलेश थापा क्षेत्रीपछिको प्रहरी महानिरीक्षकको एक्लो दाबेदार बनाएको थियो ।

नेपाल प्रहरी र ससस्त्र प्रहरी बलको महानिरीक्षक पद रिक्त भएपछि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको र ससस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक राजु अर्याललाई ससस्त्र प्रहरी बलको महानिरुक्षक पदमा बढुवा गर्नुका साथै उहाँहरु दुबैलाई गृह मन्त्रालयका सचिव टेकनारायण ढुंगानाले महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाई दिनु भएको छ । सचिव ढुंगानाले सरकारको अतिरिक्त प्रहरी महानिरीक्षकहरु मध्ये सबैभन्दा योग्य र प्रहरी संगठनलाई राम्रोसँग नेतृत्व प्रदान गर्न सक्ने मुल्यांकनको आधारमा अतिरिक्त प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र राजु अर्याललाई सम्बन्धित प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी प्रदान गरेको बताउनुभएको थियो । महानिरीक्षकद्वय सिंह र अर्यालले आ-आफ्नो पदीय जिम्मेवारी शुरु आरम्भ गरी सक्नु भएको छ ।

यता प्रहरी महानिरीक्षक बढुवाको विषयलाई लिएर असन्तुष्ट बनेका अतिरिक्त प्रहरी महानिरीक्षक सहकुल थापा आजबाट पुन: काममा फर्किनु हुने भ़एको छ । गृह मन्त्री बालकृष्ण खाणसँगको भेटपछि नेपाल प्रहरीको कार्य विभाग प्रमुख उहाँ काममा फर्किन सहमत हूनु भएको जनाइएको छ ।

पूर्ववर्ती ओली नेतृत्वको नेपाल सरकारको पालामा भने तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउदा त्यसबेलाका अतिरिक्त प्रहरी महानिरीक्षकले कुनै असन्तुष्टि व्यक्त नगरी महानिरीक्षक थापालाई सहयोग गरेका थिए तर त्यसभन्दा अगाडि भने प्रहरी महानिरीक्षक बडुवा हुदा मर्यादाक्रम मिचेको भनेर विरोध हुदै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *