
नेपाल आयल निगम लि.ले आजबाट पेट्रोलमा प्रति लीटर २ रुपैया तथा डिजेल र मट्टितेलको मुल्य प्रति लीटर ४/४ रुपैयाका दरले घटाएको जनाइएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरीद मुल्यसूची प्राप्त भएपछि बसेको नेपाल आयल निगम लि., सञ्चालक समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको बताइएको छ ।




