आज मातातौर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आज छोराछरीले आमालाई भेटेेर नयाँ बस्त्र, मिठाई, फलफुल जस्ता कोसेली दिएर आमालाई भेट्तै छन् । अलि टाढा रहेका छोराछोरीले भने टेलिफोन, म्यासेञ्जर , भाइबर जस्ता सञ्चार माध्यमबाट आमासँग कुराकानी गरिरहेका छन् ।
यता आमा नहुनेले भने काठमाडौंको मातातीर्थमा , त्यहाँ जान सम्भव नहुने कतिपय मानिसहरु नजिकको मन्दिरमा गएर र धेरै मानिसहरु घरमै बसेर आफ्नी दिवंगत आमाको सम्झना गर्ने गर्छन् ।
मातातीर्थमा हिजोबाट मेला शुरु भएको छ ।
हरेक वर्ष मातातीर्थ औंशीमा आमाको र कुशे औंशीमा बुवाको मुख हेर्ने चलन छ ।
पछिल्लो समय आमाबुवाको बिचल्लीका घटना बढ्दै
आफ्नो स्वार्थसिद्ध गर्न पछिल्लो समय छोराछोरीले बुढा भएका आमाबुवालाई बेवास्ता गर्ने प्रबृत्ति बढ्दै जाँदा आमाबुवाको बिचल्लीका घटना बढिरहेको छ । कति छोराछोरीले बुढा आमाबुवालाई बृदधा आश्रममा लगेर छाडी दिने र कतिपय कहिल्यै आमाबुवालाई भेट्न नजाने गरेको पाइएको जानकारहरु बताउछन् तर आमाबुवाहरु भने आफ्नो सन्तानलाई सम्झेर दिन काट्ने गरेका उनीहरुको भनाइ छ ।