आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । सन् १९०९ मा सयुंक्त राज्य अमेरिकाको न्युयोर्कमा कारखानामा काम गरिरहेका महिलाहरुले आफू माथि कारखानाका मालिकहरुले गरेको शोषण उत्पीडन विरुद्ध शुरु गरेको संघर्षको सम्झनामा हरेक वर्ष मार्च ८ तारेकमा यो दिवस मनाउने गरिएको छ । सन् १९९० मा डेनमार्कको राजधानी कोपेहेगनमा सम्पन्न समाजवादी श्रमिक महिलाहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको जानकारहरु बताउछन् । ।
यो वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ” सबै महिला तथा बालबालिकाको लागि अधिकार : समानता र सशक्तिकरण” रहेको छ ।
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइदै गर्दा अझै पनि नेपालको शहरी क्षेत्रका केही महिलाहरु बाहेकका महिलाहरुको अवस्था खराब छ । नेपालमा मात्रै नभई भारत लगायतका देशहरुका महिलाहरुको अवस्था राम्रो हुन सकेको छैन ।